केहीबेर बसेर स्थगित भयो कांग्रेस बैठक, भोलि बिहान ८ बजे पुनः बस्ने

लोकपथ
448
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक छोटो समय बसेर भोलिसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा उपसभापतिले केहीबेर बोलेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजे मात्रै बसेको थियो । उक्त बैठकमा उपसभापति गुरुङले १ मिनेट हाराहारी सम्बोधन गर्दै वार्ताको प्रयास भइरहेको जानकारी गराएका थिए ।

बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले भोलि बिहान ८ बजेसम्मका लागि बैठक बोलाइएको बताए । साथै यसअघि केन्द्रीय समितिका लागि पार्टी कार्यालय सानेपामा पुगेका नेताहरुबिच लामो समय छलफल भएको थियो ।

विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको सम्पूर्ण अपनत्व वर्तमान केन्द्रीय समितिले नै लिनुपर्ने लगायतका अडानहरु राखिरहेका छन् । तर संस्थापन पक्षले भने भृकुटीमण्डपमा जारी महाधिवेशन भेला मात्रै रहेको आरोप लगाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?