अझै सुरु हुन सकेन कांग्रेस केन्द्रीय समिति बैठक, बाहिरिन थाले नेताहरु

लोकपथ
952
Shares
फाइल तस्बिर

काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन ।

विशेष महाधिवेशनका कारण पार्टी विभाजनको बाटोमा जाने खतराकाबिच आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर विशेष महाधिवेशन पक्षधरसँग वार्ताका लागि बैठक २ घण्टा पर सारिएको थियो । नेताहरु समयमा नै पार्टी कार्यालय पुगे पनि अझै बैठक सुरु हुन नसकेको हो ।

बैठकमा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का समेत पुगेका छन् । खड्काले सानेपामै पार्टीको वर्तमान परिस्थितिको निकास खोज्न नेताहरुसँग छलफल गरेका छन् । पार्टी बैठकमा सहभागि हुन पुगेका अधिकांश नेताहरु बाहिरिएका छन् ।

यता बैठकमा सहभागि हुन नेताहरु डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजना कोइराला पुगेका थिए । तर बैठक बस्न नसकेको भन्दै तीनै नेताहरु बाहिरिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गठित वार्ता टोलीले वार्ता गरिरहेको छ ।

वार्ताका लागि विशेष महाधिवेशन पक्षबाट नेताहरु प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य रहेका छन् ।

उता संस्थापनको तर्फबाट रमेश लेखक र बालकृष्ण खाँड रहँदा शेखर कोइराला पक्षबाट डा. मिनेन्द्र रिजाल र जीवन परियार रहेका छन् ।

केन्द्रीय समिति बैठक बोलाए पनि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने आफूहरु बैठकमा नजाने सन्देश पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?