सानेपामा कांग्रेस संस्थापनको चहलपहल, के भन्छ तरुण दल ?

लोकपथ
630
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान सुरु गरेको छ ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरुले ले मंगलबार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दबाब दिएका हुन् ।

उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उनलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए ।

उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भईरहेको समेत बताए ।

अध्यक्ष गुरुङले भने, ‘अहिले नेपाल कांग्रेस जटिल अवस्थामा छ । एकातिर पार्टीले नियमित महाधिवेशनको कार्यतालिका निकालिसकेको छ । अर्कोतिर विशेष महाधिवेशनका समुद्घाटन भइसकेको छ । र उता पनि बन्दसत्र भइराखेको छ । नेपाली कांग्रेसलाई अझै पनि हामी चाहन्छौँ– यसलाई एकतावद्ध रुपमा लैजानका लागि दुवै पक्षका नेताहरुका बीचमा अहिले पनि सम्वाद भइराखेको छ । हामीलाई आशा छ–यो चुनौतिको घडीमा नेपाली काँग्रेस एक भएर जाने छ भन्ने हामीले विश्वास लिएका छौ । र नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दल भएको कारणले गर्दा अहिले हामी सबै तरुणहरु नेपाली कांग्रेसका केन्द्रीय कार्यालयमा जम्मा भएका छौँ । पार्टी एकताको पक्षमा हामीले सबै नेताहरुलाई दबाब पनि दिईरहेका छौँ । यदि पार्टी एकता भएन र , पार्टी विभाजन भएको अवस्थामा नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा कहीँकतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस भन्नका लागि नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ । हामीलाई के विश्वास छ भने गगन थापा नेपाली काँग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौ । त्यस्तो खालको दवाव पनि छ । विशेष महाधिवेशनमा सिग्नेचर गर्ने साथीहरु पनि पार्टीलाई फुट्न दिनुहुँदैन भन्ने दवाव दिईरहनु भएको छ । निर्वाचन कार्यतालिका निकालेको भन्ने पनि हामीले सुनेका छौँ । महामन्त्रीज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईले नेपाली काँग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईले पक्कै पहल गर्नुहुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ । सभापति देउवा पार्टी एकताको पक्षमा हुनुहुन्छ । उहाँकै कारण आज यो वार्ता भइरहेको हो ।’

नेपाल तरुण दलका नेता, कार्यकर्ताहरुले पार्टी विभाजन भएपनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?