पार्टी एकदमै ‘क्रिटिकल’ अवस्थामा पुग्यो : विजयकुमार गच्छादार

लोकपथ
525
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले पार्टी कठिन मोडमा पुगेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै पूर्व उपसभापति समेत रहेका गच्छादारले सो कुरा बताएका हुन् ।

पार्टीको बाहिर मात्र नभएर भित्र पनि संकटको अवस्थामा पुगेको आफूले महसुस गरेको उनले बताए ।

‘पार्टी एकदम क्रिटिकल अवस्थामा गयो । पार्टी कुन किसिमको संकटमा गयो भन्ने कुरा बाहिरै देखिएको छ । भित्र पनि एकदम जटिल अवस्थामा पुगेको महसुस भएको छ,’ उनले भने ।

आफूले पार्टी विभाजनको पीडादायी अवस्था भोगेको भन्दै उनले पार्टी विभाजनले कसैलाई राम्रो नगर्ने समेत बताए । साथै अहिलेको अवस्थामा कांग्रेसले मुलुकलाई संकटबाट बाहिर निकाल्नुपर्ने अवस्थामा विभाजनको बाटोमा जाँदा त्यसले ठूलो असर गर्ने टिप्पणी गरे ।

‘मैले पनि पार्टी विभाजन भोगेको छु, देखेको छु । त्यसकारण पार्टी विभाजन हुनु हुँदैन,’ उनले भने, ‘राष्ट्रिय चुनावको मुखमा रहेको बेला देश संकटमा रहेका बेला त्यो संकटबाट देशलाई बाहिर निकाल्न कांग्रेसको अहम भूमिका छ ।’

त्यस्तै आफू विशेष अधिवेशको विरोधी समेत नरहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?