काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको तयारी थालेको छ ।
जसअनुसार मनोनयन दर्ता दिउँसो २ बजेबाट ३ बजेसम्मका लागि तोकिएको छ भने राति ९ बजेबाट मतदान हुनेछ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले दिएको जानकारी अनुसार मनोनयन शुल्क समेत तोकिएको छ ।
जसअनुसार सभापति पदमा उम्मेदवारी दिनेका लागि ३० हजार मनोनयन शुल्क तोकिएको छ ।
त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया