कांग्रेस संकट गहिरिँदै : विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् । पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै गएपछि उनीहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

कांग्रेसको एक पक्षले विशेष महाधिवेशन गरेपछि पार्टीभित्र संस्थापन र विशेष महाधिवेशन पक्षबीच तीव्र मतभेद देखिएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएका छन् भने विशेष महाधिवेशन पक्षधर नेताहरूले नेतृत्व र नीति चयनका लागि त्यसैअनुसार अघि बढ्ने अडान लिएका छन् ।

पार्टीले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको भए पनि विशेष महाधिवेशन पक्षधर नेताहरूले उक्त बैठकमा नजाने निर्णय गरेका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

यसैबीच, पार्टीभित्र देखिएको विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने तयारी भएको छ । तर वार्ताको मिति र स्थान भने अझै सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?