दबाबकाबीच कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
3.4k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ ।

सभापति शेरबहादुर देउवाले मंगलबार (भोलि) का लागि केन्द्रीय समिति बैठक आह्वान गरेका हुन् ।

विशेष महाधिवेशनमा आफू नेतृत्वको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव पेस भएपछि देउवाले छलफलका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारीदेखि सदस्यसम्म र सात वटै प्रदेशका सभापतिहरुलाई समेत उपस्थितिका लागि भनिएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आइतबारबाट विशेष महाधिवेशन सुरु भएको छ । आजबाट सुरु भएको बन्दसत्रमा वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्ने प्रस्ताव टेबुल भएसँगै देउवाले आन्तरिक छलफल बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?