‘निर्वाचनको शान्ति सुरक्षामा कुनै शंका गर्नुपर्दैन’

लोकपथ
70
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्ति सुरक्षाका कारण प्रभावित नहुने बताएका छन् । 

सोमबार आयोगले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनको सुरक्षाका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन हुने जानकारी दिए ।

भण्डारीले २०४८ सालदेखि सम्पन्न भएका सबै निर्वाचन विभिन्न चुनौतीबिच सफल भएको स्मरण गर्दै, आगामी निर्वाचन पनि भयरहित ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने, ‘निर्वाचनबाहेक अरू कुनै विकल्प नभएकोले तोकिएको समयमा नै निर्वाचन हुनेछ ।’

आयोगले शान्ति सुरक्षाको विषयमा सरकारका मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग पटक–पटक छलफल गरिसकेको उनले जानकारी दिए। सरकार र सुरक्षा निकायको पूर्ण प्रत्याभूति रहेको हुँदा शंका उपशंका गर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

भण्डारीले निर्वाचन व्यवस्थापनसम्बन्धी सबै तयारी सम्पन्न भइसकेको पनि बताए । हाल राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभाको समानुपातिक तथा प्रत्यक्ष निर्वाचन गरी तीन किसिमका निर्वाचन एकसाथ सञ्चालन हुन लागेको उनले जनाए ।

उनीसँगै, उम्मेदवारहरूले सोमबारसम्म नाम फिर्ता दिन सक्ने कार्यक्रम रहेको जानकारी पनि दिइयो । भण्डारीले भने, ‘द्वन्द्व र अस्थिरता भोगेको समाजलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनमार्फत लोकतान्त्रिक बाटोमा ल्याउन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?