केन्द्रीय समिति नै भंग गर्ने प्रस्तावपछि तनावमा देउवा, बोलाए बैठक

लोकपथ
3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुलाई बोलाएका छन् ।

विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा सभापति देउवाले आफू निकटका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

त्यसो त आजै विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमितिलाई भंग गरी नयाँ निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने प्रस्ताव गरिसकेको छ ।

विशेष महाधिवेशनमा संस्थापन पक्षकै धेरै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेपछि त्रसित बनेका देउवाले त्यसबारे थप छलफल गर्न बैठक बोलाएका हुन् ।

देउवाले आफ्नो निवासमा ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?