विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने

लोकपथ
623
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने तयारी गरेको छ ।

पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद सकिइसकेको निष्कर्षसहित कांग्रेसले विशेष महाधिवेशनले सो तयारी गरेको हो ।

अहिले काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र जारी छ । जारी बन्दसत्रले विशेष महाधिवेशनको कार्याविधि तय गरेको छ । जसमा देउवा नेतृत्वको कार्यसमिति भंग गर्ने उल्लेख गरिएको छ ।

‘नेपाली कांग्रेसको चौधौँ महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमिति विघटन गर्ने र नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन,’ कार्यविधिमा भनिएको छ ।

त्यसो त महामन्त्री विश्वप्रकाश शर्माले राखेको कार्यविधि हलले अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?