बन्दसत्रबाट विशेष महाधिवेशन कार्यविधि-२०८२ सर्वसम्मत पारित

लोकपथ
588
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस गरिएको ‘विशेष महाधिवेशन कार्यविधि-२०८२’ सर्वसम्मत रूपमा पारित भएको छ ।

अधिवक्ता तथा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले बन्दसत्रमा पेस गरेको उक्त कार्यविधि प्रतिनिधिहरूको सहमतिमा पारित गरिएको हो ।

कार्यविधिमा विशेष महाधिवेशनले गर्ने छलफल, एजेन्डा प्रस्तुत गर्ने प्रक्रिया, निर्णयको ढाँचा तथा कार्यसूची समेटिएको बताइएको छ । यद्यपि, कार्यविधिभित्र समावेश गरिएका विषयवस्तुहरूबारे विस्तृत विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका मूल राजनीतिक प्रस्ताव, संगठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ । कांग्रेस नेतृत्वले कार्यविधिको आधारमा बन्दसत्रलाई निष्कर्षमुखी बनाउने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?