काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् ।
उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरूमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरे ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरू लागि परेको बताए । उनले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरूले विशेष महाधिवेशन बोलाएको बताए ।
नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको नीति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरू उहाँहरुले कांग्रेसका निम्ति जीवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकताबद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर काँग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन । ’
नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया