काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई केन्द्रीय समिति सदस्य बनाएको छ ।
आजबाट सुरु भएको रास्वपा केन्द्रीय समिति बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको हो ।
त्यसो त रास्वपाको आजैको बैठकले तत्कालीन विवेकशील साझा पार्टीबाट आएका ७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । ७ जनासहितको बैठकले २६ जनालाई केन्द्रीय समिति सदस्यमा अनुमोदन गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत पुस १३ गते ७ बुँदे सहमति गर्दै बालेन रास्वपामा प्रवेश गरेका थिए । आजको बैठकले नेताहरुको व्यवस्थापनका लागि ४ जना पदाधिकारीको संख्या थप गर्ने समेतको निर्णय गरेको छ ।
‘आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय समिति बैठक (५९औँ) सुरू भएको छ । यस बैठकमा आज थपिएको नया ७ केन्द्रीय सदस्य सहित बसेको छ । साथै यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) सहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,’ प्रवक्ता झाले भने ।
त्यसो त सोमबार रास्वपाले पार्टी एकताको बृहत सभा गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया