उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

लोकपथ
252
Shares
तस्विर: गुगल

काठमाडौं । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का उदयपुरसहित आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?