काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने विषयमा कानूनविद्हरूसँग छलफल गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने वैधानिक प्रक्रिया र अधिकारबारे कानुनी परामर्श लिएका हुन् ।
यसअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित निवेदन बुझाएका थिए । तर केन्द्रीय समितिको बहुमतले उक्त मागलाई सम्बोधन नगरेपछि महामन्त्रीद्वय विधानअनुसार विशेष महाधिवेशन बोलाउने तयारीमा जुटेका हुन् ।
पार्टीभित्र विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक बहस चर्किँदै गएको छ भने महामन्त्रीद्वयको कदमले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया