झापाको कनकाईमा शङ्कास्पद वस्तु फेला

लोकपथ
49
Shares

झापा । कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ ।

कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलाभित्र प्रेसर कुकर राखिएको र झोलाबाट तारजस्तो वस्तु बाहिर निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भई नसकेको बताउँदै त्यसको पहिचान तथा सुरक्षित रूपमा डिस्पोज गर्ने तयारी भइरहेको जानकारी दिए । स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए ।

घटनापछि प्रहरीले उक्त क्षेत्रलाई शिलबन्दी गरेको छ भने राजमार्गको अर्को छेउबाट सवारीसाधन तथा यात्रुहरूको आवागमन सुरक्षित रूपमा सञ्चालन भइरहेको प्रजिअ गेलालले बताए ।

घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । शङ्कास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?