नियमित महाधिवेशन स्थगितपछि कांग्रेस अन्योलमा, आज कार्यसम्पादन समिति बैठक

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो  । 

यसअघि पुस २६ देखि सुरु गर्ने भनिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । 

यही विषयमा बिहीबार साँझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरिएको जानकारी दिएका छन् । उनीहरूले विशेष महाधिवेशन बोलाउने घोषणा पनि गरेका छन् ।

विशेष महाधिवेशनको पक्षमा रहेका समूहले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेको अवस्थामा कांग्रेसभित्र महाधिवेशनको विषय झन् पेचिलो बनेको छ ।

यसबिच पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा चुनावअघि महाधिवेशन नहुने स्पष्ट पार्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?