सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा हो : मन्त्री खरेल

लोकपथ
28
Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताएका छन् ।

राष्ट्रिय पोशाक दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय झण्डाप्रति सबैको सम्मान र गरिमा रहेको बताए ।

उनले देशको पहिचान जोगाउन सबै लागिपर्नुपर्ने बताउँदै विश्वमा देशको पहिचान जोगाउनुपर्ने बताए ।

मन्त्री खरेलले भने, ‘हामीले आफ्नो देशको पहिचान जोगाऔँ । देशभित्र पनि जोगाऔँ । विश्वमा पनि जोगाऔँ । त्यसको लागि यहाँहरुसँग हातेमालो गर्न नेपाल सरकार तयार छ । राष्ट्रिय झण्डा भन्नेबित्तिकै यसप्रतिको श्रद्धा यति धेरै छ । यो देशमा राष्ट्रिय एकताको प्रतिक अहिले केही छ, जसले सबै नेपालीलाई जोड्नसक्छ भने त्यो यही राष्ट्रिय झण्डा हो ।’

उनले पोशाक दिवसलाई राष्ट्रिय दिवसको रुमपा मनाउने पहलमा आफू निरन्तर लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?