काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया