९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव छ : डा.अनिल भट्टराई

लोकपथ
77
Shares

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताएका छन् ।

उनले बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटु प्रत्यारोपण ९हार्ट ट्रान्सप्लान्ट० र कृत्रिम मुटु जडान सेवा अझै सुरु हुन नसकेको जानकारी दिए ।

डा.भट्टराईका अनुसार आवश्यक अधिकांश कानुनी प्रक्रिया पूरा भइसके पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पतालले लाइसेन्स नपाएकै कारण सेवा सञ्चालन हुन नसकेको हो । लाइसेन्स प्राप्त हुने बित्तिकै सेन्टरबाट हार्ट ट्रान्सप्लान्ट सेवा सुरु गर्न सकिने उनले बताए ।

उनले नेपालमा सबैभन्दा धेरै देखिने रोग क्षयरोग (टीबी), डेङ्गु र डायरिया रहेको उल्लेख गर्दै फोक्सोसम्बन्धी रोगहरू पनि चुनौतीकै रूपमा रहेको बताए ।

स्वास्थ्य क्षेत्रका उपलब्धि उल्लेख गर्दै उनले कुष्ठरोग उन्मूलन भइसकेको, कालाजारको प्रकोप घटेको र खोप कार्यक्रम देशव्यापी रूपमा विस्तार भएको बताए । तर डेङ्गु अझै गम्भीर चुनौती रहेको र हरेक वर्ष यसकै कारण धेरैको ज्यान जाने गरेको उनले बताए ।

जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग देखा पर्न थालेको र एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था आउन थालेकाले चिकित्सकको परामर्शबिनै औषधि प्रयोग रोक्न कानुनी व्यवस्था आवश्यक रहेको डा.भट्टराईको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?