काठमाडौं । विभिन्न मागसहित ९ दिनदेखि अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि अस्पताल लगिएको छ ।
नेपाल चिकित्सक संघको पहलमा बुधबार दिउँसो भुसाललाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।
संघले केही दिनअघि उनको अवस्था थप खराब बन्दै गइरहेको भन्दै जीवन रक्षाका लागि माग गरेको थियो ।
सामाजिक अभियन्ताको छवि बनाएका भुसालले प्रधानमन्त्रीको राजीनामादेखि भ्रष्टाचार अन्त्यसम्मका माग राखेर अनसन सुरु गरेका थिए । भुसालले जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न, विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार प्रदान गर्न लगायतका मागसहित अनसन सुरु गरेका हुन् । भुसालका मागबारे सरकारको कुनै चासो नदेखाएसम्म आफू अनसन नतोड्ने अडान राख्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया