सूर्यदर्शन सहकारी ठगी प्रकरण : तारिख बुझ्न रवि लामिछाने पोखरामा

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न आज पोखरा पुगेका छन् ।

जिल्ला अदालत कास्कीमा उपस्थित भई तारिख बुझ्ने प्रयोजनका लागि लामिछाने पोखरा गएका हुन् । उनी यसअघि उक्त सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा विचाराधीन अवस्थामा रहेको छ । अदालतको आदेशअनुसार उनी नियमित रूपमा तारिख बुझ्न उपस्थित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?