मधेश प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदै

लोकपथ
168
Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार हुँदैछ । आज मुख्यमन्त्री  कृष्णप्रसाद यादवले फेरि मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री यादवले आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग समन्वय गरी नयाँ मन्त्रीहरू नियुक्त गर्ने तयारी अघि सारेका छन् । आजै ती दलबाट मन्त्री नियुक्ति गरेर उनीहरूलाई शपथ ग्रहण गराइने योजना रहेको छ ।

मुख्यमन्त्री कार्यालयले आजै मन्त्रीपरिषद् विस्तारसँग सम्बन्धित सबै तयारी पूरा गरेको बताएको छ । यस पटकको विस्तारले प्रदेश सरकारको कार्यकारिता र राजनीतिक स्थिरतामा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?