सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरको जंगलमा युवायुवती मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–४ को शहीद पार्क नजिकै जंगलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । उनीहरूको पहिचान खुलिसकेको छैन ।
आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूको शव एकसाथ नरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया