संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताएका छन् ।

नयाँ वर्षको शुभारम्भको रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसारको अवसरमा अध्यक्ष दाहालले देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, ‘हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ। यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित गरेको छ । तमु ल्होसार पर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण र विकासमा विशिष्ट भूमिका खेलेको छ ।’

उनले थपे कि तमु ल्होसारजस्ता मौलिक चाडपर्वले नेपालीबिच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?