झन्डै ८ हजारले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
308
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाला सुन प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन  २ लाख ७० हजारमा कारोबार भएको  सुनको मूल्य आज तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।  महासंघका अनुसार आज चाँदीको मूल्य  ३०५ रुपैयाँले  घटेको छ । योसँगै चाँदीको मूल्य ४५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?