ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

लोकपथ
105
Shares

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

हरिपूर्वा नगरपालिका-६ स्थित पोखरी नजिकै इँटा लोड गरिएको मधेस प्रदेश ०३-००१ त ८७०४ नम्बरको ट्याक्टरले बाटो काट्ने क्रममा आज दिउँसो ठक्कर दिँदा बालिकाको मृत्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट स्थानीय अफरोज साह फकिरकी दुई वर्षीया छोरी सोहानी साह फकिर गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्वा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

उनका अनुसार घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?