विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका-४ निवासी ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-६ निवासी ३० वर्षीय सरोज पोख्रेल र दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-७ निवासी ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार ममता श्रेष्ठले क्यानडा पठाइदिने भन्दै २३ लाख, सरोज पोख्रेलले युएई पठाइदिने भन्दै ३ लाख ६४ हजार तथा डम्बरबहादुर तामाङले रोमानिया पठाइदिने भन्दै ६ लाख रकम पीडितहरूबाट लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?