काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभावले तराईमा कुहिरो र हुस्सु लागेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराई भू–भागमा हुस्सु रहने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम सफा रहने पूर्वानुमान छ ।
महाशाखाले तराईमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया