देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

लोकपथ
315
Shares

काठमाडौं । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेका छन् । कोशी प्रदेशका तराई भू–भागमा मध्यान्नसम्म, बाँकी तराई भू–भागमा दिनभर हुस्सु र कुहिरो रहने अनुमान गरिएको छ ।

आज दिउँसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति पनि यही अवस्था कायम रहने छ । 

तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?