रास्वपाका सभापति रवि लामिछाने आज वनस्थलीस्थित केन्द्रीय कार्यालय जाँदै

लोकपथ
266
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय जाने भएका छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेलाई दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गरिने भएको छ । 

शुक्रबार रिहा भएका लामिछानेले भोलिपल्ट शनिबार चितवनमा पार्टीको सभालाई सम्बोधन गरेका थिए । काठमाडौं फर्किएपछि उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग भेटघाट पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?