काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो चार महिना साउनदेखि कात्तिकसम्म नेपालमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले मात्रै बढेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा मात्र १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको कात्तिकभन्दा उल्लेख्य वृद्धि हो ।
अमेरिकी डलरमा गणना गर्दा चार महिनामा विप्रेषण आप्रवाह २५ दशमलव ३ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स बढ्नुको प्रमुख कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्नु हो । चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया