काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने क्रममा छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा सुरु हुन लागेको हो ।
बिहानैदेखि प्रतिनिधिहरूको चहलपहल बढेको छ भने हल वरिपरि उत्साह र व्यस्तता छाइरहेको छ । महाधिवेशनमा देशभरबाट निर्वाचित र मनोनित गरी कुल २ हजार २ सय ६२ जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय कमिटीको अन्तिम बैठक सकिएपछि बन्दसत्र दिउँसो १ बजे बजे सुरु हुने तयारी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । यसपछि समूह छलफल र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन सोमबार समापन हुने गरी नयाँ केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने योजना छ । बन्द सत्रमा पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयन मुख्य एजेन्डा रहनेछन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया