कास्की–३ मा नेपाली कांग्रेसबाट डा.कृष्णप्रसाद पौडेलसहित १२ जनाको नाम सिफारिस

लोकपथ
140
Shares

काठमाडौं । आगामी फागुन २१ को निर्वाचनका लागि कास्की क्षेत्र नं ३ बाट प्रत्यक्ष तर्फ १२ जनाको नाम सिफारिस भएको छ ।

क्षेत्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ डा. कृष्णप्रसाद पौडेलसहित १२ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा पौडेलसहित मनोज गुरुङ, सीता गुरुङ, देवेन्द्र केसी, महोदत्त पोख्रेल, धर्मराज अधिकारी, यामकृष्ण पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, जीवन प्रसाद बास्तोला र रामप्रसाद अधिकारी रहेका छन् ।

उम्मेदवारका लागि सिफारिस भएका पौडेल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षणतर्फको निर्देशक हुन् । त्यसका साथै नेपाली कांग्रेसको केन्द्रीय घोषणापत्र मस्यौदा समिति, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन – २०७९ मा अनुगमन उपसमितिमा समेत काम गरिसकेका छन् ।

त्यस्तै समानुपातिकतर्फ पनि १० जनाको नाम सिफारिस भएको छ । जसमा कृष्ण कुमारी परियार, कमला बिन्दु वराल, विजयालक्ष्मी कोइराला, आइवहादुर गुरुङ, शारदा पौडेल, देवेन्द्र कुमार शेरचन, मन बहादुर विश्वकर्मा, भिम बहादुर गुरुङ, प्रभा सुवेदी र दुर्गा बहादुर सुनार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?