काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिए नसोचेको परिस्थिति सिर्जना हुने चेतावनी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा ओली र लेखक पक्राउ गरिएको एआई तस्बिर सार्वजनिक भएसँगै नेता बस्नेतले सो चेतावनी दिएका हुन् ।
‘सरकारलाई कडा चेतावनी । केपी शर्मा ओली र रमेश लेखकजस्ता राष्ट्रिय नेतामाथि यदि अवैध रूपमा दबाब सिर्जना गर्दै पक्राउ गर्ने प्रयास गरियो भने, त्यसपछि उत्पन्न हुने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन ।
हामी सत्य–असत्यको लडाइँमा झुक्दैनौँ । आवश्यक पर्यो भने देशको झन्डा ओढेर मर्न तयार छौं, तर अन्याय र दमनको अगाडि कहिल्यै नटेक्नेछौँ,’ उनले भनेका छन् ।
यता एमाले अध्यक्ष समेत रहेका ओलीले भने जेनजी आन्दोलन विदेश षडयन्त्रमा भएको भन्दै सरकारले गठन गरेको जाँचबुझ आयोगमा बयान दिन समेत नजाने अडान लिँदै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया