बैतडी । दार्चुलामा आज आइतबार बिहान भूकम्प भएको छ ।
आज बिहान ८ः२८ बजे घुसा आसपास केन्द्रबिन्दु भएर भूकम्प भएको हो ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार, अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया