काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले नै सरकारमा आउने दाबी गरेका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति अनिश्चित भए पनि परिणाम भने सुनिश्चित रहेको दाबी गरे ।
ओलीले भने, ‘फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ । तर हामी चुनाव पर्खिरहेका छौँ । जहिले चुनाव हुन्छ, म सबैले सुन्नेगरी भन्न चाहन्छु– अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो ।’
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई विशाल नदीको बाढीसँग तुलना गर्दै ‘सानातिना भाटा–साटा लगाएर’ आगामी सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए ।
वर्तमान सरकार संविधानअनुसार नचलेको आरोप गर्दै ओलीले यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउनुपर्ने आवश्यकता पनि दोहोर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया