राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौँ : शंकर पोखरेल

लोकपथ
84
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः पार्टी नेतृत्व दिन लागेको बताएका छन् । 

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा भएको ११औँ महाधिवेशन प्रचार समितिको कार्यक्रममा बोल्दै पोखरेलले देशको राजनीति अहिले ओलीकै वरिपरि घुमिरहेको बताए ।  

 उनले भने,  ‘ओलीलाई स्थापित गर्ने हो र भन्ने होइन, उहाँ त राष्ट्रिय राजनीतिमा पहिल्यै स्थापित व्यक्तित्व हो ।’

पोखरेलका अनुसार ओलीमाथि देखिएको चौतर्फी आक्रमण र घेराबन्दी व्यक्तिगत होइन, बरु एमाले पार्टी र नेपाल राष्ट्रकै स्वाधीनता–स्वाभिमानमाथिको प्रहार हो । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वको खेलमैदान बनाउन खोज्ने शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै त्यसलाई पराजित गर्न एमाले एक मात्र दृढ शक्ति भएको दाबी गरे ।

पार्टीभित्र अहिले प्रतिस्पर्धा होइन, एकताको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, ‘यो परिस्थितिमा सबै नेता–कार्यकर्ता एकताबद्ध भएर ओलीज्यूको नेतृत्वमा राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्न तयार हुनुपर्छ ।’

महासचिव पोखरेलले आगामी महाधिवेशन राष्ट्रको दिशानिर्देश तय गर्ने महत्त्वपूर्ण मोड भएको भन्दै उद्घाटन समारोहमा अधिकतम सहभागिताको आह्वानसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?