भ्रष्टाचार र अराजकतामा संलग्नलाई पार्टीमा ठाउँ छैन : नारायणकाजी श्रेष्ठ

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र भ्रष्टाचारको प्रवृत्ति र अराजकता सिर्जना गर्ने व्यक्तिलाई कुनै पनि हालतमा स्थान नदिने चेतावनी दिएका छन् ।

मधेश प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी एकता मात्रै पर्याप्त नभई संगठनलाई विधि, पद्धति र अनुशासनमा आधारित बनाएर सुदृढ गर्नुपर्नेमा जोड दिए ।

श्रेष्ठले भने, ‘पार्टी एकता गरेर मात्रै हुँदैन, पार्टीलाई सुदृढ बनाउनुपर्छ। विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ, कार्यकर्ताको न्यायोचित मूल्यांकन हुनुपर्छ। भ्रष्टाचार गर्ने र घुस खाने नेकपामा छैनन् भन्ने बनाउनुपर्छ, कुशासन र अराजकहरू पार्टी टिक्दैनन् भन्ने बनाउनुपर्छ ।’

उनले कार्यकर्तालाई संगठनगत जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गर्दै पार्टीभित्रको कमजोरी सच्याउँदै जनतामुखी राजनीति सुदृढ गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?