फागुन २१ को निर्वाचनको कुनै विकल्प छैन : राष्ट्रपति पौडेल

लोकपथ
245
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन नै देशलाई स्थिरता र निकास दिने एक मात्र मार्ग भएको स्पष्ट बताएका छन् ।

ललितपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको चाहना सुनेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता जोड दिए ।

राष्ट्रपति पौडेलले भने, ‘यही व्यवस्थामा हाम्रो भविष्य सुरक्षित छ भन्ने भावना जनतामा जागृत गराउनुपर्छ। नयाँ पुस्ताको चाहनासँग मेल खाएर सुशासन र सेवा प्रवाहलाई चुस्त बनाउन राजनीतिक नेतृत्व जिम्मेवार बन्नु अत्यावश्यक छ।’

उनका अनुसार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको अभिभारा पूरा गर्नु आजको प्रमुख दायित्व हो, र त्यसका लागि निर्धारित मितिमै निर्वाचन हुनु अत्यावश्यक छ।

उनीले पूर्वाधार निर्माणसँगै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने पहललाई प्राथमिकता दिनुपर्ने पनि बताए । 

जनताको गुनासो, माग र असन्तुष्टि सुन्न घरदैलोमा पुग्ने लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले शासन प्रणालीप्रतिको जनविश्वास बलियो बनाउनु सबैको साझा जिम्मेवारी भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?