मधेशमा ‘कांग्रेस-एमालेका मुख्यमन्त्री हुन सक्दैन’ भन्ने धारणा टुट्यो : महासचिव पोखरेल

लोकपथ
371
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशमा कांग्रेस र एमालेका मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा तोडिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले एमालेका सरोज यादव र नेपाली कांग्रेसका श्रीकृष्ण यादवले पुरानो पूर्वाग्रह तोड्दै मधेस प्रदेशमा नयाँ राजनीतिक उदाहरण स्थापित गरेको उल्लेख गरे ।

महासचिव पोखरेलले लेखेका छन्, ‘मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए ।’

उक्त परिवर्तन नेपाली राजनीतिका लागि सकारात्मक संकेत भएको उनको भनाइ छ । ‘यो परिवर्तन निश्चय नै स्वागतयोग्य छ । मधेसी जनताको जनादेशअनुरूपको नेतृत्व स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत हो,‘उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?