काठमाडौं । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उक्त पार्टीको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खसआर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेको अध्यक्ष सुनारले बताए ।
सुनारले यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै क्षमायाचना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसो त यसअघि प्रधानमन्त्री कार्कीले सुनारलाई मन्त्री बनाउने तयारी गरेकी थिइन् । तर अदालतमा मुद्दा खेपिरहेको व्यक्तिलाई मन्त्री बनाउन लागिएको भन्दै प्रधानमन्त्री कार्कीको समेत आलोचना भएको थियो । आफ्नो कारण प्रधानमन्त्री कार्कीको आलोचना भएको भन्दै सुनारले क्षमा मागेका हुन् ।
भेटका क्रममा सुनारले कठिन परिस्थितिमा कार्कीले देशको नेतृत्व गरेको भन्दै प्रशंसा गरे ।
साथै प्रधानमन्त्री कार्कीले आफू सामाजिक न्याय र भेदभावयुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन् ।
त्यस्तै समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि प्रधानमन्त्री कार्कीको सुझाव रहेको छ ।
अहिलेको सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व के कसरी हुन सक्छ भनेर आफूले पनि प्रयास गर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया