काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी परिपत्रअनुसार हाल राष्ट्रिय सभा र प्रदेशसभामा रहेका सांसदहरूको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न नपाइने स्पष्ट गरिएको छ ।
परिपत्रमा भनिएको छ, ‘राष्ट्रिय सभामा हाल बहाल रहनुभएका सांसदहरूको नाम सिफारिस गर्न पाइने छैन । प्रदेशसभामा बहाल प्रदेशसभा सदस्यहरूको नाम पनि सिफारिस गर्न पाइने छैन ।’
यसबाहेक, २०७९ को प्रदेशसभा समानुपातिक बन्दसूचीमा परेका उम्मेदवारहरूको नाम पनि यसपटक सिफारिस नगर्न कांग्रेसले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया