सरकार उल्टो बाटो हिँड्दैछ, राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ : दुर्गा प्रसाईँ

लोकपथ
98
Shares

काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईँले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश र प्रत्यक्ष कार्यकारीको विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय लिन आग्रह गरेका छन् ।

प्रसाईँले अन्तरिम सरकारसँग विभिन्न माग राखेको उल्लेख गर्दै भने, ‘हामी लडाईं चाहँदैनौँ भने जनमत संग्रह नै अन्तिम विकल्प हो । नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व हो ।’

गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत यस विषयमा कुरा भएको र मन्त्रीले आफूहरूको मागप्रति सकारात्मक दृष्टिकोण देखाएको प्रसाईँले जानकारी दिएका छन् । उनले आफ्नो मागहरू नेपाल टुक्राउने खालका नभएको र माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त रहेको बताए ।

यदि सरकारले माग पूरा नगरेको खण्डमा आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनी दिँदै उनले भने, ‘हामीले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको र जेनजीलाई टेकेर बनेको सरकारले आफैँ जेनजीलाई थुनेको छ। सरकार उल्टो बाटोमा छ। जेन–जी विद्रोहीलाई थुन्न नहुने हो ।’

प्रसाईँले आगामी २३ र २४ गतेका आन्दोलनमा सहभागी हुनेहरूलाई पनि थुन्न नहुने बताए । उनले राष्ट्र जोगाउन सबैलाई आफूलाई साथ दिन आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?