काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्तिहरूबिच एकता अपरिहार्य रहेको बताएकी छन् ।
रास्वपा छोडेर हाल स्वतन्त्र रहेकी सुमनाले बुधबार उज्यालो पार्टी नेपाल घोषणा सभामा सम्बोधन गर्दै जेनजी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरूलाई फेरि कुर्सिमा फर्कन नदिन सबै वैकल्पिक शक्तिहरूबिच सहकार्य आवश्यक रहेको बताइन् ।
सुमना श्रेष्ठले फराकिलो दृष्टिकोणसहित साझा एजेन्डामा काम गर्न आह्वान गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर सुनिश्चित गर्ने दिशामा अघि बढ्न सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘धेरै जनाले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ। वैकल्पिक शक्तिहरूबिच एकता हुनैपर्छ। पुरानो राजनीतिक संस्कार फाल्नका लागि हाम्रा भाईबहिनिहरुले स्कुल युनिफर्ममा गोली खाएर अपदस्त गरे उनीहरूलाई फेरी कुर्सिमा पुग्नबाट रोक्ने हाम्रो दायित्व हो ।’
उनले आफू वैकल्पिक शक्तिहरूलाई एकतामा ल्याउने कार्यमा सक्रिय रहेको पनि बताइन् र नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया