एमाले महाधिवशेन : दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुगिंयो

लोकपथ
154
Shares

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरका प्रतिनिधि छनोट लगभग पूरा भएको छ । महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै जिल्लामा प्रतिनिधि छनोट टुगिंसकेको छ।

सचिव ढुङ्गेलले ती दुई जिल्लामा पनि चार दिनभित्र प्रतिनिधि निर्वाचन सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिएका छन् । केही जिल्लामा प्रतिनिधि छनोट विधिअनुसार नभएकाले छानबिन भइरहेको पनि उनले बताए ।

उक्त प्रतिनिधि विवरण हाल प्रदेश कमिटीको कार्यालयमा संकलन भइरहेको छ । सचिव ढुङ्गेलले भने, ‘प्रतिनिधिका विवरण महाधिवेशन शुल्कसहित प्रदेश कमिटीमा संकलन भइरहेको छ। एक–दुई दिनभित्र सबै प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा पठाइनेछ र प्रतिनिधि कार्ड तयार गरी वितरण गरिनेछ ।’

महाधिवेशनमा करिब २,२०० प्रतिनिधि सहभागी हुनेछन् । आयोजकका लागि तीन हजार र प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?