काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि छनोटमा देखिएका विवाद मिलाउन सम्बन्धित प्रदेश कमिटीलाई जिम्मेवारी दिइएको छ ।
अन्तर्विरोध देखिएका क्षेत्रका विवाद प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र खटाइएका प्रतिनिधिले सहजीकरण गरी समाधान गर्न जिम्मेवारी दिएको हो ।
बझाङमा प्रतिनिधि चयनमा दोहोरो समस्या देखिएको थियो भने कर्णाली प्रदेशका दैलेख र सल्यानमा पनि केही विवाद देखा परेको थियो। कर्णालीको विवाद टुंगिसकेको छ भने मधेस प्रदेशको पर्सा, रौतहट र गण्डकी प्रदेशको तनहुँ–१ मा विवाद मिलाउने प्रक्रिया जारी छ। कोशी प्रदेशका ओखलढुङ्गा र धनकुटामा पनि विवाद समाधानका लागि काम भइरहेको छ ।
एमालेले मंसिर १३ गते देशभर प्रतिनिधि छनोट गरी मंसिर १५ भित्र केन्द्रमा पठाउने सर्कुलर गरेको थियो। तर सचिव ढुङ्गेलका अनुसार प्रतिनिधिहरूको नाम अझै केन्द्रमा पुगेको छैन र प्रदेश कार्यालयमा प्रतिनिधि नामको कलेक्सन र डाटा अपडेटिङ भइरहेको छ ।
महाधिवेशन मंसिर २७ देखि २९ सम्म हुने छ । यसपटक अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया