रास्वपाले भन्यो– ‘आफूखुसी उम्मेदवारी घोषणा नगर्नुहोस्’

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केही नेता तथा सदस्यहरूले आफूखुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ । 

पार्टीले उम्मेदवार चयन प्रक्रिया स्पष्ट र संस्थागत भएकाले व्यक्तिगत रूपमा अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

रास्वपाले जारी गरिएको विज्ञप्तिमा पार्टीले प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट आधिकारिक रूपरेखा र विधिअनुसार मात्रै हुने भएकाले अनधिकृत दाबी वा प्रचारले भ्रम सिर्जना गर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नं.३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ । यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा क्षेत्रका लागि पार्टीको तर्फबाट हालसम्म उम्मेदवार टुङ्गो लागेको छैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?