एमालेको ११औँ महाधिवेशनका लागि लोगो सार्वजनिक, धरहरालाई ‘हाइलाइट’

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको लोगोमा धरहरा, राष्ट्रिय झण्डा तथा पार्टीको पहिचान सूर्य चिह्न समावेश गरिएको छ । लोगोको मुख्य भाव देशको इतिहास, राष्ट्रिय पहिचान र दलको आदर्शलाई प्रतिनिधित्व गर्ने उद्देश्य रहेको बताइएको छ ।

एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागिएको छ । महाधिवेशन तयारी तीव्र गतिमा अघि बढिरहेको पार्टीले जनाएको छ ।

नेकपा एमालेले धरहरा पुनर्निमाणलाई आफ्नो मुख्य उपलब्धीको रुपमा प्रचार गरिरहेको छ । जसकारण पनि एमालेले आफ्नो महाधिवेशनको मुख्य आकर्षकको रुपमा प्रतीक चिह्न (लोगो) मा धरहरालाई हाइलाइट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?