काठमाडौं । पछिल्लो समय विभिन्न रोगले महामारीको रूप लिँदै गर्दा एचआईभी संक्रमण अझै नियन्त्रणको चुनौती बनेको छ । नेपालमा हाल ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित रहेका छन् ।
आइतबार विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमितः महिला १४ हजार, पुरुष १९ हजार बढीले जानकारी दिए ।
उनका अनुसार, संक्रमितमध्ये १५ वर्षमाथिका ३३ हजार २ सय ७९ जना छन् । त्यसमध्ये महिला संक्रमितको संख्या करिब १४ हजार र पुरुष १९ हजार २ सय ७९ रहेका छन् । बालबालिकामध्ये १ हजार ५८ जना एचआईभी पोजेटिभ छन् भने गत एक वर्षमा आमाको परीक्षण गर्दा २ सय २७ बालबालिकामा संक्रमण पत्ता लागेको छ ।
डा.शर्माले भने, ‘सन् २००० देखि २०२४ सम्म नयाँ संक्रमण ७६ प्रतिशतले घटेको छ । यद्यपि, अहिले पनि सरदर दिनमा १.७ नयाँ संक्रमित थपिने र दिनमा लगभग एक जनाको मृत्यु एचआईभीका कारण हुने गरेको छ ।’
उनले थपे, ८८ प्रतिशत संक्रमितले औषधि सेवन गरिरहेका छन् भने ७६ प्रतिशतले आफ्नो शरीरमा भाइरसको मात्रा परीक्षण गराइरहेका छन् । आगामी एक वर्षभित्र एचआईभी नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको उनले बताए ।
विश्व एड्स दिवसका अवसरमा स्वास्थ्य अधिकारीहरूले सबैमा परीक्षण र सचेतना अभियानलाई तीव्र बनाइरहनुपर्ने आवश्यकता औँल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया